सन्दीप प्रकरणः अस्पतालले पठायो पीडित भनिएकी किशोरी १८ वर्ष नाघेको प्रमाण

सन्दीप प्रकरणः अस्पतालले पठायो पीडित भनिएकी किशोरी १८ वर्ष नाघेको प्रमाण

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेले जबरजस्तीकरणी गरेको भनेर आरोप लगाउने किशोरी १८ वर्ष कटेको जन्ममिति फेला परेको छ।

वीरगन्जस्थित नारायणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो। यसअघि सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको थियो। जस कारण पुस १२ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो। अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए। अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ।

अस्पतालको प्रमाणसँगै किशोरी नाबालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि बलात्कार गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीपले उच्च अदालतमा निवेदन दिएका छन्। यसअघि पटक पटक पेशी तोकिएको भए पनि सर्दै आएको छ। आगामी बिहीबार भने उच्च अदालतमा सुनुवाइ हुने सम्भावना छ। 

Logo