सन्दीपको पुनरावेदन पेसी न्यायाधीशद्वय नन्द र ढकालको संयुक्त इजलासमा

सन्दीपको पुनरावेदन पेसी न्यायाधीशद्वय नन्द र ढकालको संयुक्त इजलासमा

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भइसकेको छ । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन । इजलासबाट सुनुवाइ हेर्न नभ्याइएको खण्डमा फेरी पनि पेसी स्थगित हुन सक्छ । सन्दीपविरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा चलिरहेको छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

Logo