सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, तर राख्याे शर्त

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, तर राख्याे शर्त

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहीबार नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तर, उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन र विदेश जान भने रोक लगाइएको छ ।

गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । 

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । तर, आज सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरेको हाे । 

अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका वकिल रोजकृष्ण घिमिरेले शुक्रवार धरौटी राखेर निस्किने जानकारी दिए । 

Logo