सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनेछन्ः अधिवक्ता घिमिरे

सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनेछन्ः अधिवक्ता घिमिरे

केन्द्रबिन्दु
0
Shares

सन्दीप लामिछानेका अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीपलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् । 

शुक्रवार सुन्धारास्थित केन्द्रिय कारागारमा क्रिकेटर लामिछानेलाई भेटसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता घिमिरेले यस्तो बताएका हुन् । उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुमपा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताए । 

बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भएपनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने उनले बताए । लामिछाने मुद्दाका कारण क्यानको निलम्वनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग उनले गरे । 

अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताए । उनले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही इन्टरनल काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखकका लागि जिल्ला अदालत पुगेर छुट्ने बताए । 

Logo