यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु र कुहिरो लागेका ठाउँमा जनजीवन प्रभावित हुँदै आएको छ ।

पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

Logo