नारायणगढ–मुग्लिन सडक आज र भोलि २४सै घण्टा खुला रहने

नारायणगढ–मुग्लिन सडक आज र भोलि २४सै घण्टा खुला रहने

केन्द्रबिन्दु
0
Shares

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको छ । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ । माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् । यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।

Logo