डडेल्धुरामा १८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

डडेल्धुरामा १८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा १८ दिन देखि बेपत्ता रहेका एक बालक गाडिएको अवस्थामा फेला परेका छन्।

गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयको भनाइपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले केही स्थानीयसँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेका थिए ।

शनिबार घरबाट पाँच सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिए। मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए। उनका बुवा भने कामको लागि भारतमा रहेका छन्। बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडुले बताए। उनको हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरीले टोली घटनास्थलमा मुचुल्का उठाइरहेको छ।

Logo