केन्टका विभिन्न विद्युतीय सामाग्री नेपाली बजारमा

केन्टका विभिन्न विद्युतीय सामाग्री नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

ईओएल प्रा.लि.ले नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामाग्रीहरु नेपाली बजारमा ल्याएको छ । ईओएलमा नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स ४एम २१ गज, मेटल बक्स १ र २ का २१ गज, नेक्स एमसीबी टीपीएन सिरिज उपलब्ध छन् ।

‘सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छन् । सबै सामानहरू नेपालभर बजारमा सजिलै पाइन्छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ । केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्वीचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रूपको एक कम्पनी हो, जसले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सीजी ब्रान्डहरू उपलब्ध गराइरहेको छ । सीजी इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

ईओएल प्रालि सीजी इलेक्ट्रोनिक्स  अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्वीचहरू, एमसीबी, होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरू प्रतिष्ठित केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।

Logo