शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

शुक्रबार हेटौंडास्थित होटल सामनामा आ.व. २०७८/०७९ को उक्त सभा सम्पन्न गरेको हो। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावहरू पारित गर्दै सभा सम्पन्न भएको हो। 

उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरू निर्वाचित भएका छन्। नवनिर्वाचित संचालकहरूको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ।

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो। 

उक्त सभाबाट आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गरेको छ। 

Logo