तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न भू–भागमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ ।

जसकारण दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेशलगायत  वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ । पहाड र हिमालका धेरै भू–भागमा, तराईका केही भू–भागमा बादल लागेर तथा तराईका थोरै क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

Logo