पोखरामा दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ सवार, उद्दार जारी

पोखरामा दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ सवार, उद्दार जारी

केन्द्रबिन्दु
0
Shares

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमानमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना यात्रु सवार रहेको खुलेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

विमान पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।

Logo