विमान दुर्घटनाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

विमान दुर्घटनाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

केन्द्रबिन्दु
0
Shares

पोखरामा भएको विमान दुर्घटनाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाने तयारी गरेका छन् ।

पोखरामा यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि स्थलगत जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्।

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।

Logo