विमान दुर्घटनास्थलमा भीडका कारण उद्धारमा कठिनाइ

विमान दुर्घटनास्थलमा भीडका कारण उद्धारमा कठिनाइ

केन्द्रबिन्दु
0
Shares

पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनामा उद्धार हेर्ने स्थानीयको बाक्लो भीडका कारण उद्धारमा कठिनाइ भएको छ ।

स्थानीयको भीडको कारण उद्धारस्थलमा एम्बुलेन्सको आवागमनमा समस्या देखिएको छ । उद्धार र समन्वयका लागि पुगेका टोलीलाई पनि समस्या परहेको उद्धार खटिएका एक प्रहरी अधिकारीले बताए ।

यस्तै, बाक्लो भीडको कारण टेलिफोन सेवा समेत प्रभावित भएको छ । त्यसले गर्दा उद्धार सम्पर्क स्थापित गर्न कठिन भएको छ । सामाजिक सञ्जालमा लाइभ गर्नेहरुको ठूलो संख्याले इन्टरनेट सेवा पनि प्रभावित छ ।

Logo