पोखरा विमान दुर्घटनाप्रति चिनियाँ राजदूत छेनद्वारा दुःख व्यक्त

पोखरा विमान दुर्घटनाप्रति चिनियाँ राजदूत छेनद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङले पोखरमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राजदूत छेनले ट्वीटरमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् । ‘पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार (सहानुभूति) नेपाली जनताको साथमा छ । मृतहकरूप्रति श्रद्धाञ्जली , शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,’ राजदूत छेनले ट्वीटरम उल्लेख गरेका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ ।

Logo