सुदूरपश्चिमा हिमपात

सुदूरपश्चिमा हिमपात

केन्द्रबिन्दु
0
Shares

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएको हाे

गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात शुरू भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ।  चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।चिसोबाट बच्न न्यानो लुगा लगाउन,झोलिलो कुराको सेवन गर्न,घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।  

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। 

Logo