पल शाह प्रकरणमा दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

पल शाह प्रकरणमा दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत पोखराले बाल यौन दुरुपयोगमा कैद जीवन बिताइरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ । 

जिल्ला अदालत पूर्वी नवलपरासीको फैसलाविरुद्ध शाहले दिएको पुनरावेदनमा सुनवाइ गर्दै सोमबार न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। 

यसअघि नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले अभिनेता शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जिल्ला अदालत तनहुँमा परेको बलात्कारको मुद्दामा भने उनले सफाइ पाइसकेका छन् ।

Logo