मकवानपुरमा मोटरसाइकल पल्टिदा २३ वर्षीया आसिका चौधरीको मृत्यु

मकवानपुरमा मोटरसाइकल पल्टिदा २३ वर्षीया आसिका चौधरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो । 

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल बिहान ११ बजे अनियन्त्रित भएर पल्टिदाँ उनको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी छन् ।

Logo