ताप्लेजुङ सरोकार केन्द्रद्वारा वनभोज कार्यक्रम

ताप्लेजुङ सरोकार केन्द्रद्वारा वनभोज कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ सरोकार केन्द्रले ११ औं ताप्लेजुङ वनभोज कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले शनिबार मन्थली चौर गुन्डु भक्तपुरमा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । आयोजकका अनुसार करिब ३ वर्षपछि कार्यक्रम गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सभामुख देवराज घिमिरे रहेका थिए । सभामुख घिमिरेले सबैले ताप्लेजुङबासीको जस्तो एकता बनाउनु पर्ने बताए । उनले भने, ‘ताप्लेजुङ दुर्गम जिल्ला भएतापनि काठमाडौंमा यसको बस्ती बाक्लो भएको र यति मात्र नभई ताप्लजुङेको एकता पनि लोभलाग्दो नै छ । हामीले ताप्लेजुङको जस्तो एकता बनाउनुपर्छ ।’

सभामुख घिमिरेले वनभोज कार्यक्रमले धेरै कुरामा सहयोग गर्ने वातावरण प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । त्यस्तै, ताप्लेजुङ सरोकार केन्दका अध्यक्ष टंक श्रेष्ठले ताप्लेजुङ सरोकार केन्द्रको वनभोज देशकै सबैभन्दा ठूलो सामुदायिक वनभोजको रुपमा चिनिने बताए । वनभोज कार्यक्रममा नेवारी लाखे नाच, च्याबु्रङ नाच र विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
 

 

Logo