‘छोरीले घर बेचिदिएपछि ८१ वर्षिय बाबु बिचल्लीमा’ समाचारको खन्डन

‘छोरीले घर बेचिदिएपछि ८१ वर्षिय बाबु बिचल्लीमा’ समाचारको खन्डन

केन्द्रबिन्दु
0
Shares

‘छोरीले घर बेचिदिएपछि ८१ वर्षिय बाबु बिचल्लीमा’ तथा ‘८१ वर्षिय बाबुलाई किन आफ्नै छोरीले पु¥याइन सडकमा’ शिर्षकमा केन्द्रविन्दु डटकम र युट्युबको केन्द्रविन्दु न्युज च्यानलमा प्रकाशित प्रसारित सामाग्रीको सत्यता अनुसन्धान गर्ने क्रममा सम्प्रेषित समाचार पुर्णत झुटो रहेaको पाइएकोले खेद प्रकट गर्दै उक्त समाचारलाई हटाइएको जानकारी गराउन चाहन्छौं ।

पछिल्लो समय समाजमा छोराछोरीको अभद्र व्यवहारका कारण जेष्ठ नागरिकहरु प्रताडित हुँदै गएको अवस्थामा एक बयोबृद्ध नागरिक छोरीकै कारण घर विहिन भएको अवस्थामा पुगेको भन्ने जानकारी प्राप्त भएको अवस्थामा वृद्ध नागरिक काठमाडौं महानगरपालिका वडा नम्बर ४ बस्ने ८१ वर्षिय सर्वजित सिंह तामाङको एकल अन्र्तवार्ताको आधारमा भावुक भएर तयार पारिएको समाचार सत्य नभएकोले उक्त समाचारका कारण आरोपित कुसुम तामाङलाई पर्न गएको असर बारे केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि आत्मआलोचित छ । 

समाचारमा भनिए जसरी सत्यता नभएको भन्दै आरोपित कुसुम तामाङले समाचारको खन्डन तथा प्रतिक्रिया सम्प्रेषण सम्बन्धमा दिएको जानकारीका पत्रका आधारमा केन्द्रविन्दु न्युज टिमले आवश्यक अध्ययन टिम खडा गरेर अनुसन्धान गरेको थियो । 

अदालती प्रकृयामा रहेको यो विषयलाई प्रभावित तुल्याउने गरी तथा निज व्यक्तिहरुको आफ्नो व्यक्तिगत रिस द्धेष र झगडालाई मलजल गर्ने गरी केहि व्यक्तिको अनाधिकृत संलग्नता र चलखेलका कारण केन्द्रविन्दु अनलाइन मिडियालाई दुरुपयोग गर्ने गरी समाचार बनाउन लगाई मिडियाको दुरुपयोग गर्न खोजिएको र न्युज म्यानुपुलेटेड गरिएकोमा समाचारका निम्ती अनुरोध गर्ने सम्बन्धित पक्षलाई पनि प्रा.लि चेतावनी दिन चाहन्छ । 

आरोपित कुसुम तामाङको खन्डन पत्रमा उल्लेखित भए अनुसार मिथ्या समाचार सम्प्रेषणका कारण चरित्रहत्या भएकोले आत्महत्या गर्नुपर्ने जस्तो अवस्थामा पुगेको बताएकी छिन् । तामाङका अनुसार आफु गर्भमा रहँदै बाबु सर्वजित सिंहले आमा र दिदी सहितलाई घर निकाला गरेको, विवाहित छोरीले निजी आर्जन गरेको सम्पत्तिमा बाबुले अंश दाबी गर्न सक्ने आधार नभएको उल्लेख छ । 

यस्तै केन्द्रविन्दुको अनुसन्धानको क्रममा पनि आफुलाई हेरविचार, स्याहार गर्ने भन्दै निज सर्वजित सिंह तामाङले आफ्नो काठमाडौंका अति महंगो मुल्यमा विक्रि हुनसक्ने सम्पुर्ण सम्पत्ति जेठी छोरी भनिएकी उर्मिला तामाङको नाममा बकस गरिएको पनि देखिएको छ । त्यस आधारमा पनि बकस प्राप्त छोरीबाट नै उनले आफ्नो हेरविचार, स्याहारको अपेक्षा राख्न सकिन्छ । साथै आफ्नै घर सम्पत्ति वित्तिय संस्थामा राखेर आफ्नै व्यवसाय संचालन गर्न लिएको ऋणको भार समेत आरोपित कुसुम तामाङ माथि थुपार्न खोजिएको देखिन्छ । कुसुम तामाङले बेचेको भनिएको जुन घर छ, उक्त घर निर्माणको एक वर्ष अगावै निज सर्वजित सिंहले वित्तिय संस्थाको ऋण समेत बुझाइसकेको देखिन्छ । यसअर्थ छोरीको अचल सम्पत्ति माथि निज सर्वजित सिंह तामाङले कसैको उक्साहटमा परेर आँखा लगाएको अनुसन्धानमा प्रष्ट देखिन्छ । 

कान्छी छोरी कुसुमले बयोवृद्ध बुबाको संरक्षण हेतु नै आफ्नो घरको एक फ्लाट निःशुल्क भाडामा बस्न दिएको र उक्त घर बिक्री पश्चात फ्लाट वापतको २०,००० भाडा घरवालालाई बुझाउँदै आएको प्रमाण पनि प्राप्त भएको छ । यि सबै प्रमाण तथा तथ्यहरुका आधारमा निज सर्वजित सिंह तामाङले भने जसरी प्रकाशित र प्रसारित समाचारमा सत्यता नभएको आरोपित कुसुम तामाङलाई पर्न गएको असरप्रति प्रा.लि क्षमा प्रार्थी छ । 

कुसुम तामाङले केन्द्रविन्दुसँग कुराकानी गर्दै यदि उर्मिला तामाङ र सर्वजित सिंह तामाङको नाता प्रमाणितको विषयमा सम्बन्धित निकायसँग अनुसन्धानको माग समेत गरेकी छिन् । जेठी छोरी भनिएकी उर्मिला तामाङ आफ्नो जेठी आमा  (सर्वजित सिंहकी जेठी श्रीमती) की बहिनी छोरी भएको तर आफ्नै बाबुले जेठी छोरी भनेर झुटो विवरण बनाई नागरिकता दिलाएको कुसुमको दाबी छ । उनी भन्छिन्– ‘यदि उर्मिला तामाङ र बुबा सर्वजित सिंह तामाङको डिएनए टेष्ट गराउँदा आफ्नै छोरी हो भन्ने प्रमाणित भएमा आफ्नो नाममा रहेको चल अचल सम्पत्ति बाबु सर्वजित सिंहलाई दिन तयार छु, यदि उक्त प्रमाणित नभएको अवस्थामा निज जेठी छोरी भनिएकी उर्मिला तामाङको नाममा बकस गगी दिएको सम्पुर्ण पैतृक सम्पत्ति म कुसुम लामालाई दिनुपर्नेछ ।’ 
 

Logo