अविरल वर्षाका पूर्व-पश्चिम राजमार्ग अवरुद्ध , सयौं सवारीसाधन अलपत्र

अविरल वर्षाका पूर्व-पश्चिम राजमार्ग अवरुद्ध , सयौं सवारीसाधन अलपत्र

केन्द्रबिन्दु
0
Shares

पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको चालिसकिलोमा सडक अवरुद्ध भएको छ।

सोमबार परेको अविरल वर्षाका कारण राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगाएकोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

वर्षासँगकै बाढीले मध्यविन्दु नगरपालिका–७ मा डाइभर्सन र कावासोती नगरपालिका-१६ चालिसकिलोमा रहेको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ ।

डाइभर्सन बगाएको ठाउँमा डोजर परिचालन गरी सम्याउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारीसाधनहरु अलपत्र परेका छन् ।

Logo