लेक लागेर खुम्बुमा विदेशी पर्यटकको मृत्यु, हिमपातका कारण उद्धारमा समस्या

लेक लागेर खुम्बुमा विदेशी पर्यटकको मृत्यु, हिमपातका कारण उद्धारमा समस्या

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ ।

बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो।  खुम्बु पासाङ ल्हामु  गाउँपालिका-४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको बताए । उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवा समेत प्रभावित भएको छ ।

जसका कारण  शव उद्धारमा समस्या भएको छ।  खुम्बु क्षेत्रमा हिमपात भईरहेको र मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।

Logo