झापामा बलेरोको ठक्करबाट ४० बर्षिया राईको मृत्यु

झापामा बलेरोको ठक्करबाट ४० बर्षिया राईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्कर बाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो। 

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले आज बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ।  गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका े  प्रक्रिया अघि बढाईएको छ ।

Logo