दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना भएकाे  छ। ट्रक दुर्घटनामा परि  ३ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए।

नेपालगन्जबाट दैलेख जाँदै गरेको  भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ काे सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेकाे हाे । ट्रकमा ४ जना सवार रहेको र मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

Logo