काठमाडौँमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने (सवारी रुटसहित)

काठमाडौँमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने (सवारी रुटसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौँका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ ।  सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ । 

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई उक्त दिन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।  आज  तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते  असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ । 

महानरगका अनुसार चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।

 

Logo