प्रहरी महानिरीक्षक कुँवरले गरे मौलो पूजा

प्रहरी महानिरीक्षक कुँवरले गरे मौलो पूजा

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक बसन्त  कुँवरले चैते दसैँका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त  कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । 

नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका हुन् । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई  नगद पुरस्कार   प्रदान गरिएकाे छ । 

Logo