प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ

प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरेककाे हाे । 

महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

प्रहरी उपरीक्षक बोगटीले भने,‘प्रश्नपत्र आउट भएको देखिन्छ तर उत्तर पठाएको देखिँदैन्, यस विषयमा हामीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेका छौँ, प्रश्नपत्र आउट भएपनि बाहिरबाट उत्तर भित्र आएको देखिँदैन ।’ 

Logo