फिदिममा कार दुर्घटना-एकको मृत्यु, चारजना घाइते

फिदिममा कार दुर्घटना-एकको मृत्यु, चारजना घाइते

केन्द्रबिन्दु
0
Shares

पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। 

शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ।

Logo