पर्सामा गाँजासहित ७ जना पक्राउ

पर्सामा गाँजासहित ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजाे अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको प्रहरीको दाबी छ ।

Logo