साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोक्खा खोटाङको आग्रह

साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोक्खा खोटाङको आग्रह

केन्द्रबिन्दु
0
Shares

किरात राई यायोक्खा खोटाङले संघसंस्थादेखि राजनैतिक दलसम्मलाई साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको छ ।

कोशी प्रदेश खारेज गरी किरात प्रदेश नामाकरण गराउने सन्दर्भमा यायोक्खाको चैत १८ गते बसेको बैठकले जिल्लास्थित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वडा कार्यालय, राजनैतिक दल, सवै सरकारी कार्यालय, संंघसंस्था, विद्यालय लगायतलाई आफ्नो साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेस नलेख्न आग्रह गर्ने निर्णय गरेको हो । 

सोमबार प्रेस विज्ञाप्तीमार्फत बैठकको पाँच बुँदे निर्णय सार्वजनिक गर्दै यायोक्खाका अध्यक्ष युगसन किरातले आग्रह विपरित कोशी प्रदेश लेखिएको खण्डमा त्यसपछि उत्पन्न हुने पस्थितिको जिम्मेवार सम्वन्धित कार्यालय हुने अवगत गराइएको छ ।

कतिपय जिल्लामा कोशी प्रदेश लेखिएको बोर्ड हटाउने, लेटरप्याड जलाउने, कार्यालयमा तालाबन्दी गर्ने लगायतका विरोधका कार्यक्रम भइरहेको अवस्थामा यायोक्खाले साइनबोर्ड, लेटरप्याड र छापमा कोशी उल्लेख नगर्न आग्रह गरेको हो ।

कोशी प्रदेशको नाममा मतदान गर्ने पार्टी र प्रदेस संसदहरुले आत्माआलोचित हुँदै कोशी नाम फिर्ता लिन ऐक्यवद्धता जनाए सम्भावित घटनाबाट बच्न र बचाउन सकिने यायोक्खाको निष्कर्ष छ । 

यायोक्खाले कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रुपमा नल्याउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, बैठकमा कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जनआक्रोश बुझेर जिल्ला प्रवेश नगर्न आव्हान गरिएको छ ।

कोशी नामको पक्षमा उभिएका किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारीलाई किरात राई यायोक्खा जिल्ला कार्य समितिले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् । 

यायोक्खाले जिल्ला, पालिका र वडा तहमा किरात राई यायोक्खा, आदिवासी जनजाति महासंंघ, पहिचान पक्षधर पार्टी, पहिचानको आन्दोलनमा क्रियसिल संघसंस्था तथा नागरिक समाज सम्मिलित संयुक्त आन्दोलन संघर्ष समिति गठन गरिआन्दोलनलाई सशक्त बनाउने, केन्द्रीय संघर्षको कार्यक्रममा सहभागी हुँदै आवश्यकताको आधारमा जिल्लामा रचनात्मक आन्दोलनको कार्यक्रहरु गर्ने निर्णय गरिएको जनाएको छ । 

Logo