सिक्किमको हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु

सिक्किमको हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै १३ जना घाइते भएका छन् । नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।

त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् । तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ ।  सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको लामो प्रयासपछि हिमपहिरो हटाइएको थियो । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।

 

Logo