मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु

मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु भएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ का रिन्जि सागर राईले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँको शान्तिनगरस्थित मार्भलस इम्प्लोईमेन्ट म्यानपावरका सञ्चालक रहेका केही दिनअघि मात्र मलेसिया पुगेका उनी निलाई भन्ने स्थानमा डोरीले पासो लगाएको अवस्थामा भेटिएका हुन् ।

परिवारले आत्महत्या नभई हत्या हुन सक्ने शंका गरेका छन्। मृतक राईले मृत्यु हुनु अघि श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुराकानी गरेकाे बताइएको छ ।

मलेसियन प्रहरीको समन्वयमा मृतकको शव अनुसन्धान र पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली दूतावासले जनाएको छ।

Logo