ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १-०५-००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो।
 

Logo