सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश सङ्कर राज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।

यसअघि चैत २२ गते सुनुवाइका लागि पेशी तोकिएपनि समय अभावका कारण सुनुवाइ हुन सकेकाे थिएन्। आज तेस्रो नम्बरमा रहेकाले उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ।

यसअघि गत चैत १३ गते सन्दीपविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिएपनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन्।

Logo