पर्यटन विकास सुधारका लागि सरकारको ध्यानाकर्षण

पर्यटन विकास सुधारका लागि सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले देशको समग्र पर्यटन विकासका लागि सरकार निजी क्षेत्र र नागरिकस्तरबाट समेत एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिएका छन् ।

उनीहरुले बदलिँदो परिवेश र मागअनुसार पर्यटनका लागि नयाँ सोचसमेत आवश्यक भएको बताए। यस्तै, उनीहरुले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधार तथा अन्य देशसँगको नेपालको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डले काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्य सचिव शङ्करदास बैरागीले पर्यटनका लागि कसैको एकल प्रयासभन्दा पनि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताए ।

“पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक छ। सबै मिलेर जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ । सरकार पनि नीतिगत सुधारको लागि प्रयासरत नै छ । आउने नीति तथा कार्यक्रममा केही सुधार अवश्य हुन्छ,” उनले भने ।

उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए ।

Logo