सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई झिकाउन आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई झिकाउन आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका चिकित्सक र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ ।

आइतवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ता किशोरीको तत्कालीन अवस्थामा स्वास्थ्य जाँच गर्ने विशेषज्ञ चिकित्सकलाई बकपत्रका लागि बोलाउन आदेश दिएको हो । साथै प्रतिवादीतर्फका बयानकर्तालाई पनि बोलाइएको छ । अहिले बकपत्रका लागि मिति भने तय भइसकेको छैन । 

यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् । साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । 

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।  यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् तर उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् । 

Logo