कारको ठक्करबाट छोरीको मृत्यु , बुवा घाइते

कारको ठक्करबाट छोरीको मृत्यु , बुवा घाइते

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु-छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो ।

Logo