जिप दुर्घटनामा एक जनाको मृत्यु

जिप दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पर्वतको महाशिला गाउँपालिकामा गएराति जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंम्बरकाे  जिप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला-४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । 

Logo