बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। बझाङको केदारस्युँ गाउँपालिका-५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा,३५ वर्षीय गोरख बोहरा,४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको उनले बताए । 

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

Logo