दुई डिआइजीको काज सरुवा, पोषराज पोखरेल उपत्यका ट्राफिकमा

दुई डिआइजीको काज सरुवा, पोषराज पोखरेल उपत्यका ट्राफिकमा

केन्द्रबिन्दु
0
Shares

 गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा गरेको छ । डिआइजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ ।

जोशी प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा कार्यरत थिए । विशेष ब्युरोमा यसअघि सुदिप गिरी थिए। गिरी एआईजीमा बढुवा भएका छन् ।

यस्तै प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त रहेकाे थियो । 

Logo