ठगी नियन्त्रणका लागि विभागले बनायो अनुगमन गर्न छुट्टाछुट्टै तीन समिति

ठगी नियन्त्रणका लागि विभागले बनायो अनुगमन गर्न छुट्टाछुट्टै तीन समिति

केन्द्रबिन्दु
0
Shares

ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन भन्दै वैदेशिक रोजगार विभागले छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरेको छ ।

यो अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने छ ।

विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी अलग अलग तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ । पछिल्लो समय विभागको अनुगमन कमजोर हुँदा विभिन्न बहानामा वैदेशिक रोजगार ठगी बढिरहेको छ । 

Logo