सिन्धुलीमा कार दुर्घटना : मृत्यु भएका चार भारतीयको पहिचान खुल्याे

सिन्धुलीमा कार दुर्घटना : मृत्यु भएका चार भारतीयको पहिचान खुल्याे

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीमा भएको कार दुर्घटनामापरी मृत्यु भएका भारतीय नागरिकहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका चारै जना समस्तीपुर विहारका नागरिक हुन्। 

मृत्यु हुनेमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी, मुत्यैजकुमार फुलहारा र राजेशकुमार सिंह रहेका छन् । दुर्घटनामा परी घाइते भएका समस्तीपुरकै धर्मेन्द्र शाहलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौँ पठाइएको छ ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङमा बुधबार भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो ।
 

Logo