मन्त्री किरातीले चीनबाट आएका पर्यटकलाई गरे स्वागत

मन्त्री किरातीले चीनबाट आएका पर्यटकलाई गरे स्वागत

केन्द्रबिन्दु
0
Shares

वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यामा पर्यटकहरु  नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती विमानस्थल पुगेका थिए ।

‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, किरातीले भने । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।

 

Logo