सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । 

छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घर नजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारले हात्तीको आक्रमणबाट मृत्यु भएका ७४ वर्षीय तुलबहादुर आलेको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिएको छ । सोही हात्तीले शुक्रबार राति गोलबजार नगरपालिका–३ बुढी जमदहका विजय पासवान, सानो र टोकन पासवानको घर भत्काएको छ । 

Logo