प्रहरीका निजी सुरक्षा गार्डले गरे पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

प्रहरीका निजी सुरक्षा गार्डले गरे पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्डले गोली प्रहार गरेका छन् ।
शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जनाएकाे छ ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Logo