मोरङमा बालकको शंकास्पद मृत्यु

मोरङमा बालकको शंकास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङको कानेपोखरीमा एक जना बालकको शंकास्पद मृत्यु भएको छ। बालकको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले बडीबुवा र बडीआमालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। 

धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भइ कानेपोखरी गाउँपालिका–१ बिसनपुरस्थित  ठूलोबुवाको घरमा बस्दै आएका ९ वर्षीय बेगबहादुर थापाको मृत्यु शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए।

बाख्रा बाँध्न ग्वालीमा गएका बेला शुक्रबार बिहान ७ बजेतिर अचेत भएर ग्वालीमै ढलिरहेको अवस्थामा भेटिएको भन्दै बालकलाई उपचारका लागि बडीबुवा ढकबहादुरले विराटनगरको कोसी अस्पताल ल्याएका थिए। 

अस्पताल ल्याइपुर्‍याउनसाथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी भण्डारीले बताए । उनका अनुसार गाउँमा भने सर्पले डसेर बालकको मृत्यु भएको हल्ला चलाइएको थियो। तर, घाँटीमा डोरीले कसेजस्तो डाम देखिएपछि बालकको मृत्युलाई अस्वभाविक मानिएको प्रहरले जनाएकाे छ । 

Logo