रुपन्देहीको प्लाष्टिक उद्योगमा आगलागी

रुपन्देहीको प्लाष्टिक उद्योगमा आगलागी

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सियारी ७ अमुवामा रहेको प्लाष्टिक उद्योगमा आगलागी भएको छ । अमुवामा रहेको जय पलाष्टिक ईण्ड्रिटिज प्रालिमा आगलागी भएको हो । बिहान साढे ४ बजेतिर लागेको आगलागी बिहान साढे ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

बुटवल, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको सियारी ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट ८० लाख रुपैयाँको क्षति भएको उद्योगले जनाएको छ । उद्योगका सञ्चालक बिजय खरेलले उद्योगमा रहेको पिभिसि पाईप लगाएतका तयारी अबस्थाका उत्पादन तथा कच्चा पदार्थ जलेर नष्ट भएको जानकारी दिए । 

Logo