ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउँने ७ जना प्रहरीको नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउँने ७ जना प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको नागढुङ्गामा नयाँ वर्षको दिन गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार दिउँसो २० ओटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागूपदार्थ सेवन गरेको पाइएको थियो  । 

लागु औषध सेवन गरी सवारी साधन चलाइहरेको अवस्थामा फेला परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

उनीहरूलाई थुनामा राखेर लागु औषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

Logo