उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा मृत्यु भएको हो । पछिल्लो केही साता यता सुदूरपश्चिममा कोरोना संक्रमितको वृद्धि हुँदै गएको छ ।

Logo