‘मेरो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भो’- समीक्षा अधिकारी

‘मेरो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भो’- समीक्षा अधिकारी

केन्द्रबिन्दु
0
Shares

गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन्। सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफू गलत  नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी छन्  ।

उनले समाजिक सञ्जालमा लेख्दै भनेकी छन्,‘कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको ।  चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ ।

उनले लेखेकी छन्, ‘अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनी भावना छ तपाईको जस्तै। मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थहिन हुन जस्तो म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहि हुदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ’।  सामाजिक सञ्जालमा कतिपयले आलोचना गर्न नछाडेपछि उनले यस्तो लेखेकी हुन्। 

 

Logo