सशस्त्रका सहायक हवल्दारले चलाए आफैँमाथि गोली

सशस्त्रका सहायक हवल्दारले चलाए आफैँमाथि गोली

केन्द्रबिन्दु
0
Shares

दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार  राति ८:३० बजे आफैँलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए ।  यसअघि उनी  ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

Logo